अलिपापाको एआई मानिसभन्दा जान्ने
आर्टिफिसियल इण्टेलिजेन्स (एआई) पढ्ने प्रतिस्पर्धामा पहिलोपटक मानिसभन्दा अब्बल देखिएको छ । अलिपापा कम्पनीले निर्माण गरेको एआई स्ट्यानफोर्ड विश्वविद्यालयमा गरिएको परीक्षणको क्रममा मानिसभन्दा पनि अब्बल देखिएको हो । गत सोमवार अलिपापाले बनाएको मेशिनले मानिसको भन्दा पहिलोपटक राम्रो प्रदर्शन गरेको हो । पछिल्लो समय कम्प्युटरको पढ्ने क्षमतामा बढिरहेको अवस्थामा यस किसिमको प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगितामा अलिपापाको सफ्टवेयर मानिसभन्दा पनि शिपालु देखिएको हो । आफ्नो सफ्टवेयरले पहिलोपटक मानिसलाई पछि पार्ने किसिमको प्रदर्शन गर्नु कम्पनीका लागि ठूलो सम्मान रहेको अलिपापाले प्रतिक्रिया दिएको छ । यद्यपि, विश्लेषकहरूले अहिलेको नतीजाले आगामी दिनमा मानिसको रोजगारी रोबोटले खोस्न सक्ने जोखीम औंल्याएका छन् । यो प्रतियोगितामा एआईलाई ५ सय विकिपेडियाको लेखमा आधारित रहेका १ लाखभन्दा बढी प्रश्न सोधिएको थियो, जसमा उसले उल्लेख्य विवरण सङ्कलन गरेर सही उत्तरको छनोट गरेको हो । समग्रमा उसले १०० पूर्णाङ्कमा ८२ दशमलव ४४ अङ्क पाएको थियो, जब कि मानिसको तर्फबाट सहभागी भएका प्रतिस्पर्धीले ८२ दशमलव ३०४ अङ्क पाएका थिए । सोही किसिमको प्रतिस्पर्धामा अघिल्लो दिन माइक्रोसफ्टको एआईले पनि ८२ दशमलव ६५० अङ्क पाएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed