झापा (अस) । झापाको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ । सौर्य ऊर्जा प्रविधिबाट भूमिगत पानी तानेर सिँचाइ गर्न थालिएको सुपरजोन एकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले बताए । उनका अनुसार यस प्रविधिको लागत न्यून भएकोले सौर्य ऊर्जा उपयोगमा ल्याइएको हो । ‘एउटा सौर्य बोरिङ जडान गर्न पाँच लाख लाग्छ,’ उनले भने, ‘सुपरजोन क्षेत्रमा कम्तीमा दुई बाली व्यावसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनोट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिइने छ ।’ सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईले कम लागतमा धेरै उत्पादन लिन र कृषकलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन सौर्य बोरिङमा जोड दिइएको बताएका छन् ।
धान सुपरजोनमा सौर्य ऊर्जाबाट सिँचाइ


