रसुवा । भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३ सय ८१ ओटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्तिले उत्तरगयाको लहरेपौवा तथा ढुङ्गेक्षेत्रमा १ सय ५५ आवास निर्माण गरेको हो । सोका लागि लुमन्तिले कालिका गापाको इटपारे, धारापानी र कटुञ्जे गाउँक्षेत्रमा २ सय २६ ओटा भूकम्पप्रभावितका लागि आवास निर्माण गरिदिएको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिको सहमति र नेदरल्याण्ड्सको कोराड नामक संस्थाको आर्थिक सहयोगअन्तर्गत रू. १२ करोड २१ लाखको लागतमा ती आवास निर्माण गरिएको बताइएको छ । रासस
लुमन्तिद्वारा ३८१ आवास निर्माण


