लक्ष्यभन्दा बढी इण्टरनेट पहुँच

The following two tabs change content below.BioLatest Posts सुनीता सिटौला Latest posts by सुनीता सिटौला (see all) भैरहवा सेजमा उद्योग सञ्चालन गर्न नआएका उद्योगीहरूलाई १५ दिनमा सम्झौता गर्न आग्रह – इण्टरनेट र टेलिफोनको शुल्क बढ्दै – नेपाली कपडा उद्योगमा भ्याटको प्रभाव : सुतीमा १३ र सेन्थेटिकमा ९% मूल्य वृद्धि – काठमाडौं । राष्ट्रिय योजना आयोगको १४औं योजना (२०७३/७४–२०७५/७६) अनुसार कुल जनसङ्ख्याको ६५ प्रतिशतमा इण्टरनेट पहुँच पुर्‍याउने लक्ष्य चालू आर्थिक वर्ष २०७४/७५ मै पुग्ने देखिएको छ । दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्याको ६३ दशमलव १७ प्रतिशतमा इण्टरनेटको पहुँच पुगेको देखिन्छ । आव २०७२/७३ मा कुल जनसङ्ख्याको ४४ दशमलव ४ प्रतिशतमा इण्टरनेट पर्‍च रहेकोमा आव २०७३/७४ मा १७ प्रतिशत वृद्धि भई ६१ दशमलव शून्य ९ प्रतिशतमा इण्टरनेट पहुँच पुगेको छ । इण्टरनेट पहुँचमा वृद्धि हुनुको प्रमुख कारण मानिसको हातहातमा पुगेको मोबाइल नै हो । प्राधिकरणको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९६ प्रतिशतले मोबाइल प्रयोग गर्छन् । अर्को, प्रविधिको विकासले पनि इण्टरनेटको पहुँच विस्तारमा ठूलो मद्दत पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मोबाइल प्रयोगकर्ता बढेकोले पनि इण्टरनेट पहुँच बढ्दै गएको बताए । पूर्वाधारमा लगानी, ग्रामीण दूरसञ्चार कोषबाट भएका कार्यले इण्टरनेट सेवा विस्तारमा मद्दत पुर्‍याएको उनको भनाइ छ । प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले वायरलेस ब्रोडब्याण्डको क्षमतामा भएको वृद्धिले इण्टरनेटको पहुँच बढाउँदै गएको बताए । ‘प्रत्येक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयमा अप्टिकल फाइबर जडान गर्नेगरी ११ ओटा टेण्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘टेण्डर प्रकाशित भएपछि सेवा प्रदायकलाई सबै जिल्लामा काम गर्न अनुमति दिनेछौं ।’ इण्टरनेट सेवाको … Continue reading लक्ष्यभन्दा बढी इण्टरनेट पहुँच