फागुन ९, कारकास (भेनेजुएला) । भेनेजुएलाले पहिलो दिनमै साढे ७३ करोड डलर बराबरको ‘पेट्रो’ क्रिप्टोकरेन्सीको टोकन बेचेको छ । त्यहाँका राष्ट्रपति निकोलास मदुरोले बताएअनुसार प्रि–सेलको पहिलो दिन मङ्गलवार सो रकम बराबर मुद्रा टोकन बेचिएका हुन् ।
सरकारले १० करोड ओटा पेट्रो टोकन जारी गर्ने र यी सबै टोकन विक्री भएमा ६ अर्ब डलरभन्दा बढी रकम संकलन हुने अनुमान गरिएको छ । पेट्रो क्रिप्टोकरेन्सी आगामी महीना सार्वजनिक गरिने छ । एजेन्सी




