फागुन ११, काठमाडौं (अस) । ओम डेभलपमेण्ट बैङ्कको १७ दशमलव ६९ प्रतिशत बोनस शेयरका लागि आइतवारसम्म शेयर सुरक्षित गर्नुपर्नेछ ।
बैङ्कले गत वर्षको नाफाबाट वितरणको प्रस्ताव गरेको उक्त बोनस शेयर पारितका लागि फागुन २५ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । सो सभा र बोनस शेयरका लागि बैङ्कले फागुन १४ गते सोमवार बुक क्लोजको मिति तोकेकाले आइतवारसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।
हाल रू. २ अर्ब १३ करोड ७१ लाख २९ हजार रहेको बैङ्कको चुक्तापूँजी यस बोनस पश्चात रू. २ अर्ब ५१ करोड ५१ लाख ८७ हजार पुग्नेछ ।











