स्मार्टफोन प्रयोगकर्ताका लागि आफ्नो उपकरणमा एप ≈याङ्ग हुने र काम नगर्ने समस्या नौलो होइन । जुनसुकै ब्राण्डका मोबाइलमा पनि यो समस्या समयसमयमा आउने गर्छ । यस्तो बेला एप बन्द गरेर पुनः चलाउने प्रयासले मात्र सधैं काम नगर्न सक्छ । फोनमा अकस्मात् एप रोकिने समस्या समाधानका केही उपाय यहाँ प्रस्तुत गरिएको छ : क्याश क्लियर फोनमा रहेको क्याश मेमोरी क्लियर गर्नुहोस् । यसका लागि फोनको सेटिङ मेनुमा गएर एप्लिकेशन म्यानेजरको छनोट गर्नुहोस् । अब अल ट्याबभित्र गएर जुन एप्समा समस्या छ, त्यसमा क्लिक गर्नुहोस् । यसपछि क्रमशः ‘फोर्स स्टप’, ‘क्लियर क्याश’ र ‘क्लियर डाटा’ छनोट गर्नुपर्छ । फोन रिस्टार्ट यो प्रक्रिया अपनाएपछि आफ्नो फोनलाई रिबुट वा रिस्टार्ट गर्नुपर्छ । यसो गर्दा अधिकांश समस्याको समाधान हुन्छ । धेरै एपमा समस्या भए यदि फोनमा रहेका एकभन्दा बढी एपमा यस्तै समस्या भए पनि यही प्रक्रिया दोहो¥याउनुपर्छ । यसो गर्दा फोनमा सञ्चित एपसम्बन्धित जानकारी डिलिट हुन्छ, जसले गर्दा एप पुनः भर्खरै इन्ष्टल गरिएकोजस्तो अवस्थामा पुग्छ र नयाँले झैं काम गर्न थाल्छ । फोनको अवस्था तथा कार्यक्षमता राम्रो राख्न समयसमयमा यो प्रक्रिया अपनाउँदै गर्नुपर्छ । साथै, एपको नयाँ अपडेटेड भर्जन उपलब्ध भएमा तिनलाई पनि अपडेट गर्दै गर्नु राम्रो हुन्छ ।(एजेन्सी)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed