टेलिभिजन सेवामा डिजिटलाइजेशन : अन्त्य हुँदै एनालग प्रविधि
The following two tabs change content below.BioLatest Posts मदन लामिछाने Latest posts by मदन लामिछाने (see all) भारत–चीन जोड्ने पारवहन मार्ग बन्दै उत्तर–दक्षिण लोकमार्ग – एमबीए किन पढ्ने ? – विश्वकपले बढायो टीभीको विक्री – काठमाडौं । नेपालमा एनालग प्रविधिको टेलिभिजन सेवा बन्दै हुँदै गएको छ । सरकारले २०७० सालमा राष्ट्रिय प्रसारण नियमावलीमा हेरफेर गरी एनालगबाट डिजिटल प्रणालीमा लैजानुपर्ने व्यवस्था गरेपछि यसमा अधिकांश सेवाप्रदायकको चासो बढेको थियो । त्यसपछि गत कात्तिकदेखि सरकारले त्यस्ता सेवाप्रदायक कम्पनीलाई डिजिटलमा लैजान दबाबसमेत दिँदै आएको आएको थियो । तर, उक्त निर्णय बदरको माग गर्दै सेवाप्रदायक र उपभोक्तातर्फबाट सर्वोच्चमा दायर रिटमा शुरूमा अन्तरिम आदेश भए पनि अन्ततः फागुन ६ गते सर्वोच्च अदालतका न्यायाधीशहरू चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले सो आदेश खारेज गर्यो । यससँगै टेलिभिजन सेवालाई एनालगबाट डिजिटल प्रणालीमा लैजान बाध्य पार्न सरकारलाई बाटो खुलेको हो । सूचना तथा सञ्चार मन्त्रालयले पहिलो चरणमा कात्तिक १५ गतेदेखि मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग हटाएर डिजिटल प्रविधिमा जाने निर्णय गरेको थियो । योसँगै सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं महानगरभित्रका विभिन्न केबल नेटवर्कको अनुगमन गरेर एनालग प्रणालीबाट सेवा दिने केबल बन्द गर्न थालेको थियो । मन्त्रालयले २०७१ सालदेखि नै एनालग सेवा प्रदायकलाई लाइसेन्स दिन बन्द गरिसकेको छ । अब आउँदो वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द गर्नेे सञ्चार मन्त्रालयको योजना छ । यसअनुसार २०७५ को वैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रूपान्तरित भइसक्नुपर्छ । टेलिभिजनको डिजिटलाइजेशनको काम धमाधम भइरहेको सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । स्वतःस्फूर्त रूपम डिजिटल केबल टेलिभिजिनमा उपभोक्ता आउन … Continue reading टेलिभिजन सेवामा डिजिटलाइजेशन : अन्त्य हुँदै एनालग प्रविधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed