काठमाडौं (अस) । मनिग्रामले ग्राहकहरूलाई दोब्बर रकम प्राप्त गर्ने विशेष योजना सार्वजनिक गरेको छ । विदेशमा रहेका आफन्तहरूको सम्बन्ध अझ बलियो बनाउन मनिग्रामले यस्तो योजना ल्याएको कम्पनीले बताएको होे । यो योजनाले विशेषतःविदेशबाट नेपालमा रकम पठाउने ग्राहकहरुको प्रयासलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ ।
सो योजनाअनुसार मनिग्रामबाट ३१ मे, २०१८ सम्ममा कारोबार गर्नुहुने प्रत्येक ग्राहकहरू यो योजनाअन्तर्गत लक्की ड्रमा समावेश हुन सक्नेछन् । कम्पनीले प्रत्येक हप्ता दुई जना विजेता घोषणा गरी उक्त योजनाअवधिभर जम्मा २४ जना भाग्यशाली विजेताको रकम दोब्बर गरिदिनेछ ।