जमाना स्मार्ट टीभीको

The following two tabs change content below.BioLatest Posts पूर्णभक्त दुवाल Latest posts by पूर्णभक्त दुवाल (see all) सेवा सहज बनाउँदै मोबाइल बैङ्किङ – धरहरा निर्माण २ वर्षमा : जीआईईटीसी–रमनको साढे ३ अर्ब प्रस्ताव – भारत–म्यान्मा सीमा नाका खुल्यो, स्थलमार्गबाट नेपाल–म्यान्मा आवतजावत गर्न सहज – काठमाडौं । नेपाली बजारमा पनि विश्वस्तरका अत्याधुनिक टेलिभिजन सेट आइपुगेका छन् । टेलिभिजन खरीद गर्न काठमाडौं वा देशका प्रमुख शहर धाउनुपर्ने बाध्यता हटेको छ । सडक र यातायातले जोडिसकेका गाउँगाउँसम्म टेलिभिजन विक्री गर्ने पसल खुलिसकेका छन् । सामान्य ढङ्गले हेर्दा एउटै किसिमको देखिने भएकोले अधिकांश ग्राहक विक्रेता सिफारिश गरेको टीभी खरीद गर्छन् । कतिपय खरीदकर्ता भन्छन्, ‘हेर्दै जाऊँ, राम्रो लागेको किन्ने हो ।’ यस्तो अन्योलमा टेलिभिजन खरीद गर्दा पछुताउनुपर्ने हुन सक्छ । अहिले अधिकांशले घरमा स्मार्ट टीभीको चाहना गर्न थालेका छन् । उत्कृष्ट श्रव्य–दृश्य सामग्रीको मज्जा लिन सकिने भएकोले बजारमा यस्ता टेलिभिजन सेटको माग बढ्दो छ । बजारमा टीभी खरीद गर्नुपूर्व नै निश्चित सोच बनाएर जानु बुद्धिमता हुन्छ । भित्तामा झुन्ड्याउन मिल्ने तथा आफ्नो आवश्यकताअनुसार चाहेको ठाउँमा सार्न मिल्ने स्लिम टीभीको आकर्षण बढ्दो छ । एलसीडी, एलईडी हुँदै अत्याधुनिक प्रविधियुक्त फोरके अल्ट्रा एचडीलगायत टीभीसमेत उपलब्ध हुन थालेका छन् । एलसीडी टेलिभिजन केही वर्षयता नयाँ प्रविधिको एलसीडी (लिक्विड क्रिष्टल डिस्प्ले) टीभी मध्यम वर्गदेखि उच्च वर्गसम्मका घरमा पुगेको छ । एलसीडीले पुुराना ‘एनालग’ टेलिभिजनलाई विस्तारै नेपाली बजारबाट विस्थापित गर्दै लगेको छ । कम स्थान ओगट्ने र राम्रो श्रव्य–दृश्य आउने भएकोले पनि यसको माग निरन्तर बढिरहेको छ । एलईडी टेलिभिजन अहिले नेपाली बजारमा एलईडी (लाइट इमिटिङ डायोड) टेलिभिजन सेट … Continue reading जमाना स्मार्ट टीभीको