काठमाडौं (अस) । कास्की जिल्लाको लेखनाथ महानगरपालिका–९ (साविक पोखरा उपमहानगरपालिका) मा केन्द्रीय कार्यालय रहेको माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । बैङ्कले प्रदेश नं. ३, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २, लाजिम्पाटस्थित एमबीएल टावरमा सोमवारदेखि स्थानान्तरण गरेको हो । बैङ्कले २०७४ साल साउन २२ गते सम्पन्न विशेष साधारणसभाको निर्णयबमोजिम केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हो । यसअघि बैङ्कले पोखरामा केन्द्रीय कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रही सेवा प्रदान गर्दै आएको थियो ।




