काठमाडौं (अस) । सामसुङले ग्राहकहरूका लागि हालै अर्को योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरीदमा ग्राहकहरूलाई विभिन्न फाइदा पुग्ने बण्डलिङ अफर सार्वजनिक गरेको हो ।
उक्त योजनाअन्तर्गत ग्यालेक्सी नोट ८ को खरीदमा ग्राहकहरूले सामसुङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एलसेलको सहकार्यमा १६ जीबीको फोरजी डाटा सुविधासमेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । ग्राहकले फोरजी डाटा सुविधा २ जीबीका दरले ८ महीनासम्म निरन्तर प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा कम्पनीले साझेदार बैङ्कहरूसँग सहकार्य गरी सहज किस्ताबन्दीको व्यवस्थासमेत मिलाएको बताएको छ । ग्यालेक्सी नोट ८ मा इनफिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रू ड्युअल क्यामेरा उपलब्ध छ ।



