वन प्लसको सिष्टम अपग्रेड

काठमाडौं, (अस) । वन प्लसले भर्रखरै एण्ड्रोइड भर्सनको ओरियो सिष्टम अपग्रेड गरेको छ । यसलाई वन प्लस ५टी, वनप्लस ५, वनप्लस ३टी र वनप्लस ३ मा यो नयाँ सिष्टम अपग्रेड गर्न सकिने बताइएको छ । वनप्लस विश्वमै नवीनतम प्रविधिसँग जोडिन हरेक क्षण काम गर्दै आएको छ । कम्पनीले वनप्लस ३ र ३टी २०१६ मा विश्व बजारमा ल्याए पनि अहिले आएको नयाँ अप्रेटिङ सिष्टमले यसमा सपोर्ट गर्ने वन प्लसले उल्लेख गरेको छ । वनप्लस ३टी र वनप्लस ५ मा फेसअनलक सुविधा उपलब्ध गराइएको छ । फेस अनलकमा १ सयभन्दा धेरै युनिक फिचरको सहायताले वनप्लस ५ र वनप्लस ३टी खोल्न सकिनेछ । यी फोनमा अगाडिको क्यामेराको सहायताले काम गर्नेछ । यसको प्रयोगबाट ०.०७ सेकेण्डमा मोबाइल अनलक हुनेछ । फेसअनलक सिष्टम वनप्लस ५टी, वनप्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध स्मार्टफोनमध्ये सबैभन्दा छिटो खुल्नेछ । वनप्लस कष्टुमर अपरेटिङ सिष्टम ‘अक्सिजन’को डिजाइन सुविधा र अनुकूलतासहित परिमार्जन गरिएको छ । वनप्लस स्टार्टअपले स्मार्टफोन उत्पादनको शुरूआत २०१३ देखि गरेको हो । कम्पनीले दाबी गरेअनुसार सर्वसुलभ मूल्यमा फ्यागशिप स्मार्टफोन ल्याउने वनप्लस पहिलो कम्पनी हो । शुरूका दिनदेखि नै वनप्लसले एकद्वार प्रणालीमार्फत विक्रीवितरण गर्दै आइरहेको छ । विगतमा कम्पनीले बाहिर पनि स्मार्टफोनको विक्री गर्ने गरेको थियो ।