फागुन २९, काठमाडौं (अस) । नेपाल क्रेडिट एण्ड कमर्श बैङ्क लिमिटेडले लिलामीमा ल्याएको संस्थापक शेयरमा बुधवारसम्म मात्र आवेदन दिन सकिनेछ । बैङ्कले यसअघि वितरण हुन नसकेको संस्थापक तर्फको ७० लाख कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । माघ १८ देखि फागुन ३ गतेसम्म विक्रीमा ल्याएको यस हकप्रदमा निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरेकाले म्याद थप गरी फागुन ३० गते पुर्याएको हो ।
बैङ्कले प्रतिकित्ता शेयरको न्युनतम मूल्य रू. २ सय १० तोकेकाले खरीद कर्ताले के कति दरमा खरीद गर्ने हो सोको विवरण खुलाई शिलबन्दी पेश गर्न बैङ्कले आह्वान गरेको छ । यसमा न्यूनतम १ सय र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । प्राप्त बोलपत्र चैत १ गते विक्री प्रबन्धकको कार्यालयमा बिहान ११ बजे खोलिनेछ । यस हकप्रदको विक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको छ ।




