रूपन्देहीमा बैङ्क शाखा विस्तार तीव्र

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – फागुन २९, रुपन्देही । रूपन्देहीमा बैङ्कहरुले शाखा विस्तार कार्यलाई आक्रामक रूपमा अगाडि बढाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिविधि तीव्र हुँदै जाँदा रुपन्देहीमा बैङ्कहरुको शाखा विस्तार तीव्र भएको हो । त्यसो त मुलुक सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै चहलपहल बढाएपछि त्यसको असर बैङ्कहरुमा पनि परेको कतिपय जानकार बताउँछन् । यस क्षेत्रमा शाखा विस्तारका लागि बैङ्कहरुबीच होडबाजी जस्तै चलेको छ । जनतालाई घर आँगनमा सेवा प्रदान गर्ने भन्दै वाणिज्य बैङ्कदेखि लघुवित्त बैङ्कहरू शाखा विस्तारमा जुटेका हुन् । रूपन्देहीमा १६ स्थानीय तह छन् । नेपाल राष्ट्र बैङ्क, भैरहवाका अनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म जिल्लामा २६७ ओटा बैङ्कका शाखा सञ्जाल रहेकोमा हाल यो सङ्ख्यामा भारी वृद्धि भएको छ । राष्ट्र बैङ्क, भैरहवाका निर्देशक अशोककुमार पौडेलका अनुसार प्रदेशको राजधानी तोकिएसँगै रुपन्देहीमा लगानीका सम्भावना देखेर बैङ्कहरूले आफूलाई यहाँ केन्द्रित गर्न थालेको छन् । पौडेल भन्छन्, ‘पछिल्लो आठ महीनामा ४० देखि ५० ओटासम्म नयाँ शाखा थपिएका छन् ।’ बैङ्कहरुको तीव्र शाखा सञ्जाल विस्तारले रूपन्देही लगानीको ‘हब’ बन्दै गएको पौडेल बताउँछन् । उनकाअनुसार रुपन्देहीमा तीव्र शहरीकरण, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना, प्रदेशको राजधानी, पर्यटन, उद्योग र कृषि लगायतका सम्भावना देखेर बैङ्कहरु रूपन्देही केन्द्रित भएको देखिन्छ । जिल्लाका बैङ्कहरुमा हालसम्म १ खर्ब १३ अर्ब लगानी र ८९ अर्ब निपेक्ष सङ्कलन भएको … Continue reading रूपन्देहीमा बैङ्क शाखा विस्तार तीव्र