रूपन्देहीमा बैङ्क शाखा विस्तार तीव्र गतिमा

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । रूपन्देहीमा बैङ्कले शाखा विस्तारलाई आक्रामक बनाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिविधि तीव्र हुँदै जाँदा रूपन्देहीमा बैङ्कको शाखा विस्तार तीव्र भएको हो । मुलुक सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै चहलपहल बढाएपछि त्यसको असर बैङ्कमा पनि परेको कतिपय जानकार बताउँछन् । यहाँ बैङ्कले शाखा विस्तार गर्न होडबाजी जस्तै गरेका छन् । जनतालाई घर आँगनमा सेवा प्रदान गर्ने भन्दै वाणिज्य बैङ्कदेखि लघुवित्त बैङ्कसम्म शाखा विस्तारमा जुटेका हुन् । रूपन्देहीमा १६ स्थानीय तह छन् । नेपाल राष्ट्र बैङ्क भैरहवाका अनुसार आर्थिक वर्ष २०७३/७४ सम्म जिल्लामा २ सय ६७ बैङ्कका शाखा सञ्जाल रहेकामा हाल यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैङ्क भैरहवाका निर्देशक अशोककुमार पौडेलका अनुसार प्रदेशको राजधानी तोकिएसँगै रूपन्देहीमा लगानीका सम्भावना देखेर बैङ्कले आफूलाई यहाँ केन्द्रित गर्न थालेको छन् । पौडेलले भन्छन्, ‘पछिल्लो ८ महीनामा ४० देखि ५० ओटा नयाँ शाखा थपिएका छन् ।’ बैङ्कको तीव्र शाखा सञ्जाल विस्तारले रूपन्देही लगानीको ‘हब’ बन्दै गएको उनी बताउँछन् । रूपन्देहीमा तीव्र शहरीकरण, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना, प्रदेशको राजधानी, पर्यटन, उद्योग र कृषिलगायत सम्भावना देखेर बैङ्क रूपन्देही केन्द्रित भएको देखिन्छ । रूपन्देहीमै प्रधान कार्यालय रहेका बैङ्कले ग्रामीण क्षेत्रसम्म आफ्ना शाखा खोलेर बैङ्किङ सेवा प्रदान गरिरहेका छन् । राष्ट्रिय स्तरका वाणिज्य बैङ्कका शाखाहरू मुख्य सडक आसपासमा केन्द्रित छन् । नेपाल डेभलपमेन्ट बैङ्कर्स एशोसिएशनका उपाध्यक्ष समेत रहेका शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले रूपन्देहीमा लगानीका अवसर धेरै देखेर बैङ्कहरूले शाखा बिस्तारलाई प्राथामिकता दिएको बताए । नेपाल राष्ट्र बैङ्कका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै बैङ्कका शाखा सञ्जाल रूपन्देहीमा छन् । जिल्लामा निर्माण हुन थालेका विकासका पूर्वाधारले बैङ्कर्स उत्साहित बनेका छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडक, बुटवलमा निर्माण भइरहेको अन्तरराष्ट्रिय सभागृह, पर्यटनको प्रमुख गन्तव्य लुम्बिनी, बुद्ध सर्किट, प्रस्तावित मोतिपुर औद्योगिक करिडोर, भैरहवाको विशेष आर्थिक क्षेत्र सेज देखेर बैङ्कर्स आकर्षित छन् । पूर्णिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ नयाँ क्षेत्रमा केन्द्रित हुनु आवश्यक देखेर आफूहरूले सेवा ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेको बताए । राष्ट्र बैङ्कले बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थालाई शाखा खोल्न निर्देशनसमेत दिएको छ ।