चैत ४, काठमाडौं (अस) । साताको अन्तिम दिन कारोबार भएको दुई घण्टासम्म पनि व्यापार समूह र उत्पादन तथा प्रशोधन समूहको कारोबार भएको छैन । कारोबार भएका ८ समूहको परिसूचकमा ‘अन्य’ समूहको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ भने बाँकी सात समूहको परिसूचक घट्दै गएको छ । होटल समूहको परिसूचक २ दशमलव ९८ प्रतिशलते घटेको छ ।
यस समयमा नेप्से शून्य दशमलव ५२ प्रतिशलते घट्न पुगेको छ । विभिन्न कम्पनीहरुको सस्तो मूल्यमा शेयर पाँउदा पनि शेयर बजार घटिरहेको अवस्था छ । कारोबार भएका १ सय ११ कम्पनीको रू. १० करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ ।




