चैत ४, काठमाडौं (अस) । साताको पहिलो दिन सुरुको व्यापारमा केहि सुधारिएको नेप्से ३ घण्टाको व्यापारमा शून्य दशमलव ५३ प्रतिशतले घटेर १ हजार २ सय ८१ दशमलव ५९ विन्दुमा पुगेको छ । यस अवधिमा १ सय ३१ कम्पनीको २ हजार ५ सय ३४ पटकको व्यापारमा रू. १७ करोड ६५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका नौ समूह मध्ये वित्त र अन्य समूहको परिसूचकमा वृद्वि देखिएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । यस अवधिमा नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कको सबैभन्दा बढी शेयर कारोबार भएको छ ।




