Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । रुस्लान भोड्का उत्पादक कम्पनी विजय डिष्टिलरीले कम्पनीको उत्पादनबारे सञ्चारमाध्यममा गलत नियतले समाचार आएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी गरेको जानकारी दिएको छ ।
राज्यले प्रदान गर्ने मदिराको व्यावसायिक उत्पादनको अनुमति पाएर सञ्चालित उद्योगको उत्पादनबारे झूठा र दुस्प्रयासयुक्त समाचार प्रकाशन गरिएको दाबी कम्पनीको छ । उजुरीमा गलत समाचार प्रकाशन गरेकोबारे क्षमायाचनासहित खण्डन समाचार प्रकाशन गराउन माग गरिएको कम्पनीले जानकारी दिएको छ ।
काउन्सिलले उजुरीउपर कारबाही गरेपछि ती सञ्चारमाध्यमले कारबाहीबाट जोगिनका लागि क्षमायाचनासहित खण्डन समाचार प्रकाशन गरेको कम्पनीले बताएको छ । डिष्टिलरीले भन्सार विभागले उद्योगबाट उत्पादित पेय पदार्थको प्यारामिटर परीक्षण गरेर खानयोग्य भनी दिएको प्रमाणपत्रसहित काउन्सिलमा उजुरी गरेको थियो । काउन्सिलले उजुरीमाथि कारबाहीको क्रममा रुसलान भोड्काविरुद्ध गलत समाचार प्रकाशन गर्ने केही अनलाइन समाचारमाध्यम भने गैरकानूनी रुपमा सञ्चालन भएको उल्लेख गरेको छ ।




