चैत ८, काठमाडौं (अस) । बेष्ट फाइनान्स लिमिटेडको अवितरित हकप्रद शेयर शुक्रवारदेखि विक्रीमा आउने भएको छ । कम्पनीले १ लाख ८ हजार १ सय ४१ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यसमा संस्थापक तर्फ १ लाख ६ हजार ९ सय ४० कित्ता र सर्वसाधारण तर्फ १ हजार २ सय १ कित्ता शेयर रहेको छ । यस हकप्रद खरीदका लागि चैत १८ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिनेछ ।
यस शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गनुपर्ने छ । बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैङ्क लिमिटडको विरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखामा बोलपत्र पेश गर्न सकिनेछ ।