भोजपुर (अस) । जिल्ला वन कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहँुदा दैनिक कामकाज सञ्चालनमा समस्या भएको छ । कार्यालयमा विभिन्न पद रिक्त भए पनि समयमा पदपूर्ति हुन सकेको छैन । धेरै जना कर्मचारीको पद रिक्त हुँदा हाल भएका कर्मचारीलाई कार्यभार बढेको कार्यालयले बताएको छ ।
कार्यालयमा सहायक वन अधिकृतका लागि आठओटा दरबन्दी भए पनि हाल दुईजना मात्र कार्यरत छन् । रेञ्जर तीनजनाको पद रहे पनि एकजना र वनरक्षक ३२ जना हुनुपर्नेमा २४ जना मात्र छन् । यस्तै, फरेष्टर पाँचजनाका साथै नायव सुब्बा र खरिदार एक/एकजनाको पद पनि खाली रहेको कार्यालयका सूचना अधिकारी श्रीनारायण यादवले जानकारी दिए । पदपूर्तिका लागि विभागमा जानकारी गराइए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।