गुगल डाटा कसरी डाउनलोड गर्ने ?
गुगल संसारमा सबैभन्दा बढी प्रयोग हुने डाटाबेस हो । यसमा विश्वभरबाट डाटाहरु अपलोड र डाउनलोड भइरहेका हुन्छन् । कतिपयले गुगलको डाटाबेस सुरक्षित हुने भएकाले आफ्ना महत्वपूर्ण डाटाहरु पनि गुगलमा नै राख्ने गरेका छन् । गुगलमा डाटाहरु राख्नका लागि गुगल प्लस, ड्राइभ, ब्लगलगायतका विभिन्न माध्यमहरु गुगलले उपलब्ध गराएको छ । यसको प्रयोग गर्दै जाँदा हामीले अपलोड गरेका डाटाहरु अत्यधिक हुनसक्छ । जसले गर्दा पछि आफूलाई चाहिएको समयमा ति डाटाहरु खोज्न र डाउनलोड गर्न समस्या पनि परेको हुनसक्छ । तर गुगलले अब डाटा पहुँचलाई सजिलो बनाइदिएको छ । गुगल प्रयोगकर्ताहरुले आफ्ना डाटाहरु आफ्नो गुगल खाता प्रयोग गरेर सजिलै डाउनलोड गर्न सक्छन् । गुगल डाटा डाउनलोड गर्नका लागि यो लिङ्कमा जानुपर्नेछ र लिङ्कको निर्देशन अनुसार अघि बढ्नुपर्नेछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed