बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । १ दशमलव ५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् २ साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिकतर्पmका सबै काम पूरा गरी परीक्षण उत्पादन थालिएको आयोजनाको प्रवद्र्धक वाराही हाइड्रोपावर लिमिटेडले बताएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रीडमा जोडिने आयोजनाका अध्यक्ष इञ्जिनीयर सूर्यप्रसाद अधिकारीले बताए । १५ दिन परीक्षण प्रसारण भएपछि आयोजनाबाट व्यावसायिक उत्पादन शुरू हुने छ । आयोजनाबाट निस्कने विद्युत् अस्थायी रूपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिनेछ ।
रू. ३४ करोड ५० लाखको लागतमा आयोजनाको निर्माण भएको हो । रासस




