The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । बुटवलको सडक डिभिजन कार्यालय परिसरमा प्रदेश मन्त्रालय तथा अन्य कार्यालयहरू राखिने भएको छ । कार्यालय परिसरको करीब १५ बिगाहा क्षेत्रफलमा प्रदेशका लागि आवश्यक संरचनासहितको ‘मिनि सिंहदरबार’ बनाउन गृहकार्य थालिएको प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिले बताएको छ । समितिको बैठकले सडक डिभिजन कार्यालयसहित त्यस कम्पाउण्डमा बनेका विभिन्न कार्यालयहरू अन्यत्र व्यवस्थापन गरी त्यहाँ प्रदेशसभाका लागि आवश्यक मन्त्रालय, मातहतका निर्देशनालय, महाशाखा र शाखा तथा संसद् सचिवालय बनाउने निर्णय गरेको हो । यहाँ हाल यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, इलाका प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरकारी कार्यालय छन् । समितिका संयोजक तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई स्थायी राजधानी बनाउन सबैभन्दा उपयुक्त स्थान र जग्गा भएको ठहर गरी सडक डिभिजन कार्यालय र कम्पाउण्डभित्रको सबै जग्गालाई मिनि सिंहदरबार बनाउने निर्णय गरेको बताए । समितिको निर्णयसँगै सम्बन्धित कार्यालयमा जानकारी गराउने तथा सङ्घीय मन्त्रालयमा आवश्यक पहलसमेत शुरू भइसकेको छ । यातायात व्यवस्था कार्यालयलाई बुटवल धागो कारखाना, अख्तियारको कार्यालयलाई नेपालगञ्जको कार्यालयमा समायोजन, सडक डिभिजन कार्यालयलाई कपिलवस्तुको शिवपुर, पाल्पाको तानसेन वा नवलपरासीको बर्दघाटमा समायोजन गर्ने तयारी छ । बैठकले तत्कालका लागि प्रदेश सभा सचिवालयका लागि बुटवल उद्योग वाणिज्य सङ्घको भवन, मन्त्रालय राख्न रूपन्देही व्यापार सङ्घको भवन खाली गराउने भएको छ । बैठकले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन र मानव सेवा धर्मको सभाहल पनि खाली गराउने निर्णय गरेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed