आगलागी बढ्दै, दमकल घट्दै

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा आगलागीका घटना बढ्दै गए पनि दमकलको सङ्ख्या भने घट्दै गएको छ । रूपन्देहीमा १ वर्षअघि चारओटा दमकल रहेकोमा अहिले दुईओटा मात्र सञ्चालनमा छन् । आगलागीबाट जिल्लामा वर्षेनि करोडौं मूल्यबराबरको सम्पत्ति नष्ट हुने गरेको छ । १६ स्थानीय तह रहेको जिल्लामा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको एक÷एकओटा मात्र दमकल चालू अवस्थामा छ । बुटवल र सिद्धार्थनगरका दुईओटा वारुणयन्त्र बिग्रिएर थन्किएका छन् । नयाँ नगरपालिका र गाउँपालिकाले दमकल खरीद गर्ने बजेट अझै विनियोजन गर्न सकेका छैनन् । आफूहरूलाई आवश्यक पर्ने गाडी तत्कालै खरीद गरेका स्थानीय तहका जनप्रतिनिधिले दमकल खरीदमा कुनै चासो दिएको पाइँदैन । बुटवल उपमहानगरपालिका वारुणयन्त्र उपशाखाका इञ्चार्ज गोकर्ण भट्टराईले दमकल कम हुँदा समयमै पुगेर आगलागी नियन्त्रण गर्न कठिन भएको बताए । ‘बस्ती बढ्दो छ, बाटाहरू साँघुरा छन्, वारुणयन्त्र कम छन्,’ उनले भने, ‘एक स्थानीय तहले कम्तीमा पनि एउटा वारुणयन्त्र अनिवार्य राख्नुपर्छ, अनि मात्र आगलागी नियन्त्रण सहज बन्छ ।’ बुटवलमा पुनारा दमकल मर्मत गर्नेबारे छलफल भएको तर नयाँ किन्ने पहल नभएको भट्टराईले बताए । चालू अवस्थामा रहेको एउटा दमकल पनि असार मसान्तमा २० वर्ष पुग्ने सिद्धार्थनगरका वारुणयन्त्र इञ्चार्ज उमानन्द भण्डारीले जानकारी दिए । सरकारले २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा बन्देज लगाएको छ । रूपन्देहीमा आगलागीका ठूलाठूला घटना हुँदा नवलपरासी र कपिलवस्तुबाट दमकल मगाउनुपर्ने अवस्था छ । टाढाबाट दमकल आउँदासम्म धेरै क्षति भइसक्ने गरेको छ । ट्राफिक जाम र साँघुरा बाटाहरूले गर्दा पनि समयमै दमकल पुग्न नसकेको वारुणयन्त्रमा काम गर्ने कर्मचारीको भनाइ छ । जिल्लामा गतवर्ष १ सय ६ र २०७२ मा १ सय १७ ओटा आगलागीका घटना भएका थिए । यसबाट अर्बौं रुपैयाँबराबरको क्षति भएको छ । साविक लुम्बिनी अञ्चलमा ६ ओटा मात्र दमकल छन् । चैत, वैशाख र जेठ महीनामा यस क्षेत्रमा आगलागीका घटना धेरै हुने गर्छन् ।