पेचिङ (चीन) । यो वर्ष चीनले व्यावसायिक लागत कटौती गर्न थप योजनाहरू ल्याउने राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी)ले बताएको छ । चीनले बिजुली प्रयोग, लजिष्टिक्स र इण्टरमिडिएटर सेवामा लाग्ने चार्जजस्ता व्यावसायिक क्षेत्रमा लागत कटौती गर्ने योजना बनाएको छ । यसले यो वर्ष उद्योग तथा सरकारी क्षेत्रमा २३ अर्ब ८० करोड डलरबराबरको बचत गर्ने अनुमान गरिएको छ । यससँगै प्रशासनिक चार्ज हटाउन सरकारका तर्फबाट पनि उत्तिकै सहयोग प्राप्त हुने भएकाले यसले बजारमा करको भार कम गर्न सहयोग गर्ने विश्लेषण गरिएको छ । यो वर्षको अन्त्यसम्ममा चीन सरकारले सामान्य उद्योग र व्यावसायिक क्षेत्रको बिजुलीको भाउ औसत १० प्रतिशत घटाउने लक्ष्य पनि लिएको छ । रासस/सिन्हवा
व्यावसायिक लागत थप घटाउँदै चीन




