कास्की (अस) । प्रदेश नम्बर ४ का सांसदहरूले आगामी बजेटमा सांसद विकास कोषको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीवार आर्थिक तथा योजनामन्त्री किरण गुरुङले संसद्मा पेश गरेको विनियोजन विधेयक २०७५ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले ५० लाख रुपैयाँको दरले बजेट विनियोजन गर्न माग गरेका हुन् । निर्वाचित जनप्रतिनिधिबाट विकास कार्यक्रम सञ्चलन गर्न सांसद विकास कोष बनाउन आवश्यक भएको सांसदहरूको भनाइ छ ।
५० लाखको सांसद विकास कोष माग











