दोलखा (अस) । कृषि विकास बैङ्क चरिकोट शाखाले ५५ जना ऋणीलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार धितो लीलाम गरी कालोसूचीमा राख्ने भएको छ । विभिन्न प्रयोजनका लागि ऋण लिए पनि लामो समयसम्म सावाँ, ब्याज नतिरेर भाका नाघेपछि उनीहरूलाई बैङ्कले कालोसूचीमा राख्ने भएको हो । भाका नाघेको सावाँ र ब्याज गरी रू. ४ करोड ३० लाख ८७ हजार असुल गर्न बाँकी रहेको बैङ्कका शाखा प्रबन्धक दीपक खतिवडाले बताए । बैङ्कले गत चैत २१ गते ऋणीको ठेगानामा पत्राचार गरी धितो लीलाम गरिने तथा कालोसूचीमा राखिनेसम्बन्धी पत्र पठाइसकिएको छ ।
५५ जना ऋणी कालोसूचीमा




