तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । पवर्तमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । असारभित्र विद्युत् उत्पादन थाल्ने तयारी भइरहेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । ‘सबैजसो काम पूरा भइसकेको छ,’ आयोजना प्रमुख यादवले भने, ‘अब परीक्षण उत्पादन शुरू गर्छौं ।’ आयोजनाको काम करीब २ प्रतिशत मात्र बाँकी रहेकाले निर्माण सकिएको भन्न मिल्ने यादवले बताए । आयोजनाको ४ हजार २० मिटर टनेलमध्ये करीब ३ हजार ९ सय मिटर कङ्क्रिटिङ पूरा भएको छ । त्यस्तै, हेडवक्र्सतर्फको काम पनि सकिएको छ । ड्याम क्षेत्रमा वर्षाको बाढी व्यवस्थापनको केही काम बाँकी रहे पनि पावर हाउसतर्फ पठाउने ‘वाटर रन वे’को काम पूरा भएको छ । तिलाहारबाट ४ हजार २ सय मिटर लामो सुरुङ हुँदै कुश्माको चुवास्थित परादीमा आयोजनाको पावरहाउस रहनेछ । आयोजनाको पावरहाउसमा टर्बाइन तथा अन्य संरचनाको फिटिङ भइरहेको छ । २०६८ सालदेखि निर्माण थालेको आयोजनालाई काम चाँडो सक्नुपर्ने बाध्यता छ । गतवर्ष असारसम्म सक्ने लक्ष्य भए पनि भूकम्प, नाकाबन्दी जस्ता कारणले ढिलाइ भएको आयोजनाले बताएको छ । ३ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सक्ने लक्ष्य भए पनि पटकपटक समय थप्दै जाँदा लागत पनि बढेको छ । आयोजनाले २०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले बताए । आयोजनामा … Continue reading तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा