काठमाडौं (अस) । पशु चिकित्सकहरूको सङ्गठन नेपाल भेटेरिनरी एशोसिएशनको ५०औं स्वर्णजयन्ती तथा १३औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरू हुने भएको छ । सम्मेलनलाई सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
३ दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन वैज्ञानिकहरूले सङ्घीयतामा भेटेरिनरी क्षेत्र, पशु स्वास्थ्य तथा उत्पादन, वन्यजन्तु तथा घरपालुवा जनावर, भेटेरिनरी जनस्वास्थ्य तथा जुनोसिस, पशु अधिकार र अन्य गरी ४० कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
दोस्रो दिन प्राविधिक सत्र र अन्तिम दिनको बन्दसत्रले विधान संशोधन, नेतृत्व चयन र घोषणापत्र जारी गर्ने एशोसिएशनका महासचिव डा. राजेन्द्रप्रसाद यादवले बताए ।










