जेठ ९ , काठमाडौं (अस) । खारे इन्भेष्टमेण्ट लिमिटेडको वार्षिक साधारण सभा जेठ ३१ गते हुने भएको छ । कम्पनीको सो सभा दिनको १ बजे ब्लुस्टार कम्पलेक्स, त्रिपुरेश्वरमा हुन लागेको हो ।
कम्पनीको साधारण सभाको प्रस्तावमा नाफा नोक्सान तथा सोही अवधिको नगद प्रवाह विवरणमा छलफल, लेखा परिक्षकको नियुक्ती र आव २०७३/७४ को नगद लाभांशमा छलफलका विषय रहेका छन् । विशेष प्रस्तावमा कम्पनीको नियमावली संशोधन र नियामक निकायको निर्देशनमा प्रस्तावित संशोधनहरु परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।












