काठमाडौं (अस) । एनआईसी एशिया बैङ्कले डिजिटल भुक्तानी प्रणालीअन्तर्गत राजस्व भुक्तानी गर्न सकिने सुविधाका लागि सम्झौता गरेको छ । बैङ्कले यस्तो सुविधाका लागि मङ्गलबार नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो । सम्झौतासँगै एनआईसी एशियाका ग्राहकले आफ्नो खाताबाट ई–पेमेण्टमार्फत १ लाख रुपैयाँसम्मको राजस्व भुक्तान गर्न सक्नेछन् । सो सेवाको लागि ग्राहकहरुले नेपाल क्लियरिङ हाउसको वेबसाइटमा रहेको फारम डाउनलोड गरी बैङ्कको कुनै पनि शाखामा रुजु गराउनुपर्ने बैङ्कले जानकारी दिएको छ ।
on: शेयर / बैङ्किङ गतिविधि 35 views
राजस्व भुक्तानीका लागि एनआईसी एशिया र क्लियरिङ हाउसबीच सहकार्य











