पोखरा (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी गरेको छ । मोटरसाइकल दुर्घटनामा निधन भएका पोखरा नयाँबजारका सन्दीप सिग्देलको परिवारले मृत्युदावी भुक्तानी बापत ५८ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । सन्दीपका बुबा चूडामणि सिग्देललाई बुधवार एक कार्यक्रमबीच कम्पनीले चेक हस्तान्तरण गरेको छ । सन्दीपले ३ वर्ष अगाडि सूर्या लाइफमा बीमा गरेका थिए ।
५० लाख रुपैयाँबराबरको बीमा गरेका सन्दिपले कम्पनीलाई हालसम्म बीमाशुल्क बापत ७ लाख १५ हजार ५ सय रुपैयाँ बुुझाएको क्षेत्रीय प्रवन्धक मीनबहादुर जिसीले जानकारी दिए ।



