नुवाकोट । बचतकर्ताबाट सङ्कलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा विदुर–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारीका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारीका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मङ्गलवार ठगी मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले बताए । रासस
ठगी अभियोगमा सहकारी अध्यक्ष पक्राउ










