ललितपुर । नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसबारे अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिश गरेको छैन । महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतीत पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताए । ‘पहाडी क्षेत्रमा अहिलेसम्म यसको उत्पादन हुन सकेको छैन,’ उनले भने । नार्कले अहिलेसम्म मोटो र मसिनो चामल फल्ने धानको बीउ सिफारिस गर्दै आएको छ । रासस
बासनादार धानको अध्ययन गर्दै नार्क










