काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनको १३औं राष्ट्रिय सम्मेलन तथा ५०औं वार्षिकोत्सव बुधवार शुरू भएको छ । ‘भेटेरिनरी पेशामा ५० वर्ष : सङ्घीयतामा नयाँ आयाम’ भन्ने मूल नारा रहेको वार्षिकोत्सवको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका हुन् ।
३ दिनसम्म चल्ने सम्मेलनले भेटेरिनरी पेशाको विगत ५० वर्षको समीक्षा गर्नेछ । भेटेरिनरी पेशा र किसानको हितमा महŒवपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको छ । भेटेरिनरी पेशालाई व्यवस्थित बनाउँदै भेटेरिनरीयनको क्षमता अभिवृद्धि गरी पेशागत हकहितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले २०२४ सालमा स्थापित संस्थाले पशुपन्छीपालक किसानको हितमा आफूलाई समर्पित गरेको छ । यस संस्थामा हाल १ हजारभन्दा बढी सदस्य आबद्ध रहेका छन् ।
सन् २०११ मा विश्वबाटै उन्मूलन गरिएको पशु रोग रिण्डरपेष्टलाई नेपालबाट उन्मूलन गर्न अग्रज भेटेरिनरीयनको योगदान रहेको उल्लेख गर्दै मानव स्वास्थ्यलाई गम्भीर चुनौती दिइरहेका वर्डफ्लू, रेबिजजस्ता संवेदनशील रोगको नियन्त्रणमा उनीहरूले सक्रियता देखाइरहेको भन्दै संस्थाले प्रशंसा गरेको छ ।
कार्यक्रममा मुलुकको नयाँ संरचनाअनुसार एशोसिएशन पनि सङ्घीय व्यवस्थाअनुरूप अगाडि बढिसकेको बताइएको छ । भेटेरिनरी पेशालाई सङ्घीय प्रणालीमा ढाल्ने क्रममा सरकारले ल्याएको सङ्घीय संरचनाप्रति एशोसिएशनले आफ्नो विमति रहेको जानकारी दिएको छ ।
जिल्लास्तरमा पशु चिकित्सालय एवम् स्थानीय तहमा दक्ष जनशक्तिसहितको पशु चिकित्सालय नहुनाले यस भेटेरिनरी पेशालाई खुम्च्याउन खोजेको एशोसिएशनको ठहर छ । एशोसिएशनले कम्तीमा पनि ‘एक स्थानीय तह, एक पशु चिकित्सक’को व्यवस्थाका लागि सरकारसँग माग गरेको छ । पहिचानका निम्ति भए पनि वर्तमान कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पशुपन्छी शब्दावली राखिनुपर्ने एशोसिएशनले बताएको छ ।










