रौतहट (अस) । रौतहटका एक सुनचाँदी व्यवसायी चाँदीसहित भारतको बैरगनियामा पक्राउ परेका छन् । गौरमा सन्नी ज्वेलर्स सञ्चालन गर्दै आएका सुनचाँदी व्यवसायी सन्नी कुमार साढे ९ किलोभन्दा बढी चाँदीसहित पक्राउ परेका हुन् । भारतबाट चाँदी ल्याउने क्रममा उनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको हो । एसएसबीले उनलाई भारतको बैरगनिया कष्टमलाई जिम्मा लगाएको छ । उनले नेपाल तथा भारतमा सुनचाँदीको अवैध कारोबार गर्ने गरेको आरोपसमेत लगाइएको छ ।
नेपाली सुनचाँदी व्यवसायी भारतमा पक्राउ










