काठमाडौं (अस) । महुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वरप्रसाद यादवलगायत विरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले दिएको जानकारीअनुसार यादव र लेखापाल श्यामसुन्दर यादवविरुद्ध १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । उनीहरूलाई त्यति नै जरीवाना गर्न पनि अख्तियारले माग गरेको छ ।
नासु यादवविरुद्ध मुद्दा दायर










