१ बराबर २ दशमलव ५ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सामान्य उतारचढार आएको छ । ६० दिनको मैनबत्ती विश्लेषणले उतारचढाव देखाएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. १ सय अङ्कित दरको ६ लाख कित्ता हकप्रद शेयर जारी गर्र्नेछ । ६० दिनको कारोबार अवधिमा १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखा एकै ठाउँमा आएका छन् । यस्तो अवस्थामा २६ दिने औसत मूल्यरेखालाई १४ रेखाले तलबाट काटेर माथि गएमा मूल्य बढ्छ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा घट्ने गर्दछ । बिहीवारको शेयरमूल्य रू. २ हजार ८१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ हजार १ सय ७३ मा प्रतिरोध र सस्तिएमा रू. २ हजार ४२ मा टेवा पाउने देखिन्छ । ६० दिनको कारोबार अवधिको अन्तिम दिन इन्गल्फिङ बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता भने सामान्य छ ।
नयाँ नेपाल लघुवित्त : मैनबत्ती विश्लेषण (आइतवार, २० जेठ २०७५)











