शतप्रतिशत हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सबोन)मा चैत १६ गते निवेदन दिएको स्वरोजगार लघुवित्तको शेयरमूल्य बुलिश प्रबृत्तिमा रह्यो । ६० दिनको मैनबत्ती विश्लेषणले बढेको देखाएको हो । सोही अवधिमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले तलबाट काटेर माथि गएको छ । यस्तो अवस्थामा शेयरमूल्य बढ्न सक्छ, किन्न चाहनेले किन्ने बेला छ । बेच्न खोज्नेले केही दिन प्रतीक्षा गर्नु राम्रो हुन्छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ८ सय ७० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ८ सय ९८ मा प्रतिरोध र सस्तिएमा रू. १ हजार ८ सय ४८ मा टेवा पाउने देखिन्छ । ६० दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित सङ्ेकत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्नुपर्ने हुन्छ ।
स्वरोजगार लघुवित्त : मैनबत्ती विश्लेषण (आइतवार, २० जेठ २०७५)











