सुनसरी (अस) । सुनसरीको रामधुनी नगरपालिकाले ८० लाख रुपैयाँको लागतमा निर्माण भएको सुरक्षित वधशाला सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रका उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गराउन निर्माण भएको वधशाला बिहीवारदेखि सञ्चालनमा आएको हो । रामधुनी–१ मा पशुपक्षी बजार निर्देशनालय काठमाडौं, वल्र्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारमा वधशाला निर्माण भएको हो । वधशालामा पशुको वध गर्नुअघि बेहोस बनाउने मेशिन, ब्वाइल गर्ने मेशिन तथा मासु भण्डारण गर्ने उपकरणलगायत मासु स्वस्थ राख्न प्रयोग गरिने सबै प्रकारका उपकरण जडान गरिएको छ । पशु वधशालामा वध गरिएका स्वस्थकर मासु उपभोक्तासम्म सहज रूपमा उपलब्ध गराउन रामधुनीको झुम्का बजारमा हाल रू. २० लाखको लगानीमा चार कोठे मिटमार्ट भवन समेत निर्माण भइरहेको छ ।
सुरक्षित वधशाला सञ्चालन











