The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) शिक्षकको परीक्षा : दुर्गमका परीक्षार्थीलाई असुविधा – विद्युत् महशुल भुक्तानी अनलाइनबाटै – ‘२१औं एआईआरडीसी सम्मेलन–२०१८’ : प्रविधिमय बीमा बजारसम्बन्धी छलफल – काठमाडौं । अप्रिल २०१४ मा चीनमा बनाइएको सामाजिक भिडियो सञ्जाल एपप्रति नेपाली प्रयोगकर्ताको मोह बढ्दै गएको छ । गतवर्षसम्म खासै चर्चामा नआएको यो एप अहिले अधिकांश स्मार्टफोन प्रयोगकर्ताको समय व्यतीत गर्ने माध्यम बनेको छ । कुनै रिकर्डेड भिडियोको तालमा ओठ मिलाएर हाउभाउ गर्न मिल्ने यो एपमा युवतीहरूको आकर्षण बढी छ । यो एपमा सञ्चारकर्मी रवि लामिछानेको क्यारिकेचरमा आधारित भिडियो सबैभन्दा चर्चित छ । ‘लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर, घुमाएर एक एक किक हान्न मन छ । त्यो पनि नाकको डाँडी भाँचिनेगरी । आउनुस् शुरू गरौं जनताको चासो गुनासो र प्रश्नसहितको विशेष कार्यक्रम सीधा कुरा जनतासँग’ भन्ने प्रस्तुतिलाई निर्देशक निर्माता निश्चल बस्नेत, नायिका वर्षा राउत, सिनेपत्रकार वर्षा बस्नेतदेखि सर्वसाधारणले समेत नक्कल गरेका छन् । म्युजिकल्ली एपमा गायिका तथा मोडल तिर्सना बुढाथोकीको अन्तरवार्ताको नक्कल पनि चर्चामा छ । उनले एउटा अन्तरवार्तामा पत्रकारलाई गाली गरेको आवाजलाई धेरैले क्यारिकेचर गरेका छन् । म्युजिकल्लीमा पत्रकार ऋषि धमला र उनकी श्रीमती नायिका एलिजा उप्रेती पनि छाएका छन् । अहिलेका चल्तीका सिनेकर्मीहरू पनि फुर्सदमा म्युजिकल्लीमा भिडियो अपलोड गरेर बसेका छन् । पछिल्लो समय फुर्सदिलो रहेकी नायिका सुस्मा कार्कीको अभिनय हेर्न मन लागे म्युजिकल्ली खोले पुग्छ । नायिका आँचल शर्मा, पूजा शर्मा, प्रियङ्का कार्की त म्युजिकल्लीका फ्यान नै हुन् । यिनीहरू बेलामौका नेपाली चलचित्रका गीत, संवाददेखि बलिउडका संवादसम्म क्यारिकेचर … Continue reading मोबाइलमा म्युजिकल्लीको मज्जा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed