The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । कुश्मा नगरपालिका–३ मा सञ्चालित क्यानोनिङ अर्थात छाँगारोहणले वैधानिकता पाएको छ । जिल्ला प्रशासन कार्यालयले हालै वैधानिकता दिएको हो । ३ महीनाअगाडि परीक्षणका रूपमा सञ्चालनमा आए पनि वैधानिक रूपमा सञ्चालनमा थिएन । वैधानिकता पाएसँगै आगामी आर्थिक वर्षदेखि यसलाई बृहत् रूपमा सञ्चालनमा ल्याउने तयारीमा रहेको सामुदायिक विकास केन्द्र वाटर क्यानोनिङका उपाध्यक्ष खड्गबहादुर गुरुङले बताए । ‘अन्य यस्ता व्यावसायिक क्षेत्रले स्थानीयस्तरबाट मात्रै अनुमति लिएका छन्,’ गुरुङले भने, ‘हामीले यस्तो खेल शुरू गरेको जानकारी पर्यटन बोर्डमा पनि दिएका छौं । यसको सञ्चालनपूर्व खेलाडीको बीमा पनि गरिँदै छ । अचानक दुर्घटना भएमा हेलिकोप्टरबाट उद्धार गर्ने व्यवस्था मिलाउने तयारी भएको उनले जानकारी दिए । आन्तरिक तथा बा≈य पर्यटक भिœयाउने उद्देश्यले वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको अभियानकर्ता स्थानीय गोलमान गुरुङले जानकारी दिए । ‘व्यावसायिक क्यानोनिङले पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखियो,’ गुरुङले भने, ‘पर्वतमा पर्यटनको विकास गर्ने एउटा कदमको रूपमा हामीले यो अभियानलाई लिएका छौं ।’ महाभीर खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्पजस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गरी धवलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सामुदायिक विकास केन्द्रका अध्यक्ष उद्धिमबहादुर गुरुङले जानकारी दिए । सदरमुकाम कुश्माबजारबाट सात किलोमिटर दूरीमा रहेको गुरुङ बाहुल्य बस्तीमा रहेको यो खोलामा क्यानोनिङ सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । स्थानीय … Continue reading क्यानोनिङले पायो वैधानिकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed