पासवर्ड सम्झिने र सुरक्षित गर्ने तरीका

सूचनाप्रविधिको यो युगमा ईमेललगायत अकाउण्टको पासवर्ड बिर्सियो भने धेरै सूचना, सन्देश र जानकारी गुम्छ । इण्टरनेटमा रहेका सामग्री सुरक्षित राख्ने एक मात्र उपाय पासवर्ड हो । ईमेल होस् वा सामाजिक सञ्जाल, यी सबै पासवर्डका कारण आफ्नो भइरहेको छ । अहिले त बैङ्क अकाउण्ट, ईसेवा, डिम्याट खाता पनि पासवर्डमै निर्भर छन् ।