जेठ २८, काठमाडौं (अस) । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको २३ औं वार्षिक साधारण सभा असार २२ गते अमृतभोग क्याटर्स प्रा.लि कालिकास्थानमा हुने भएको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा पूँजी वृद्धिका लागि २६ दशमलव ५७ बोनस शेयर वितरण गर्ने रहेको छ । यस कम्पनीले एभरेष्ट फाइनान्सलाई मर्ज गरेको कारणले २०७३ माघ १८ गतेसम्म कायम शेयरधनीलाई लाग्ने लाभांश कर छुट पाउने भएकाले सो छुट पाउने शेयरधनीलाई बाहेक अन्यलाई मात्र लाभांशमा कर लाग्नेछ । सो साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार ४ गते एक दिन बन्द रहनेछ ।





