काठमाडौं (अस) । हाल ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करीब २ लाख सर्वसाधारण अन्योलमा छन् । ट्रायल पास भएर पनि यो सङ्ख्याका सेवाग्राहीको हातमा लाइसेन्स पर्न सकेको छैन । लाइसेन्सको अन्योल मात्रै होइन, लिखित परीक्षाको परिणाम थाहा पाउन पनि यातायात कार्यालयका बिचौलियालाई पैसा दिनुपर्ने बाध्यता रहँदै आएको छ । तर, अब यो समस्या र लाइसेन्सको अन्योल हटाउन यातायात व्यवस्था विभागले घरबाटै जानकारी लिन सक्नेगरी एसएमएसको व्यवस्था गरेको छ ।
ट्रायल पास भएको ८÷१० महीनासम्म पनि हातमा लाइसेन्स पर्न नसकेको अवस्थामा लाइसेन्सको जानकारी लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब लाइसेन्स प्रिण्ट भए/नभएको थाहा पाउन एलसी स्पेश एप्लिकेण्ट्स आईडी ९ऋि कउबअभ बउष्अिबलतुक क्ष्म्० टाइप गरी ३१००३ मा एसएमएस पठाउन सकिन्छ । त्यस्तै, विभागले लिखित परीक्षाको नतीजाका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ । डब्ल्यूटी स्पेश एप्लिकेण्ट्स आईडी ९ध्त् कउबअभ ब्उउष्अिबलतुक क्ष्म्० टाइप गरी ३१००३ मा पठाएर यसबारे जानकारी पाउन सकिन्छ ।
सेवाग्राहीलाई कार्यालय धाएर जानकारी लिनुपरेकाले यो सेवा शुरू गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । लिखित दिने सेवाग्राहीसँग बिचौलियाले फोन गरेर नतीजा भन्दिन्छौं भन्दै पैसा उठाउने काम बन्द हुने विभागको अपेक्षा छ । यो सेवाका लागि प्रतिएसएमएस ५ रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।