वीरेन्द्रनगर (अस) । नेपाल उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेशअन्तर्गत रोजगारदाता परिषद् गठन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष शान्तिप्रसाद शर्मा लम्सालको संयोजकत्वमा ९ सदस्यीय परिषद् गठन गरिएको हो । परिषद्को सदस्यमा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारी, कम्प्यूटर एशोसिएशन नेपाल महासङ्घ कर्णाली प्र्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीलगायत छन् । प्रदेशस्तरमा रोजगारदाता समन्वय केन्द्र स्थापना गर्ने र प्रभावकारी रूपमा सञ्चालन गर्ने सदस्य अधिकारीले जानकारी दिए ।
रोजगारदाता परिषद्मा लम्साल




