काठमाडौं (अस) । नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले ऊर्जासचिव डा. सञ्जय शर्मालाई रू. ९ करोड ९२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । तराईमा नेपाल–भारत मैत्री सिँचाइ परियोजना सञ्चालन गर्न भारत सरकारले दिने प्रतिबद्धताअनुरूप सोमवार सो सहयोग रकम हस्तान्तरण गरिएको हो । यससँगै भारत सरकारले सिँचाइका परियोजना कार्यान्वयनमा गरेको कुल लगानी रू. २२ करोड ७६ लाख पुगेको छ । सिँचाइका परियोजना सम्पन्न भए नेपालको ८ हजार १ सय १५ हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुग्ने ठानिएको छ । सहयोगको रकम सप्तरी, सिराहा, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देहीलगायत तराईका १२ जिल्लामा सिँचाइ सुविधाका लागि २ हजार ७ सय स्यालो ट्यूब स्थापना गर्न प्रयोग हुने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed