काठमाडौं (अस) । असार पहिलो सातादेखि गोङ्गबुदेखि सिनामङ्गलसम्म ५० सीटे ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको दिगो सार्वजनिक यातायात सेवामार्फत सो समयदेखि १७ बस सञ्चालन गर्न लागेको हो । उक्त बस नयाँ बसपार्क, गोङ्गबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामङ्गल पुग्नेछ ।
गोङ्गबु–सिनामङ्गलमा ठूला बस










