भन्सार जाँचपासमा सहजता : अधिकारसम्पन्न समन्वय समिति बन्दै
काठमाडौं (अस) । भन्सार जाँचपासमा लामो समयदेखि रहँदैआएको समस्या हल गर्न सरकारले समन्वय समिति गठन गर्ने तयारी थालेको छ । आगामी आर्थिक वर्ष (आव) २०७५/७६ देखि भन्सार जाँचपासलाई सहज बनाउन भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा अधिकारसम्पन्न समन्वय समिति गठन गर्न लागिएको हो । भन्सार जाँचपास प्रक्रियालाई सहज एवम् सरलीकरण गर्ने अधिकार सो समितिलाई दिइने बताइएको छ । समन्वय समितिमा औषधि व्यवस्था विभाग र खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकका अतिरिक्त वाणिज्य, आपूर्ति तथा गुणस्तर तथा नापतौल विभागका सदस्यलगायत १२ जना रहनेछन् । औषधि, खाद्यान्न, कृषिजन्य वस्तु्, कच्चा पदार्थलगायत वस्तु आयात गर्दा बारम्बार भन्सार जाँचपासमा समस्या देखिएपछि सरकारले समन्वय समिति बनाई काम गर्ने तयारी थालेको हो । मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले साउन १ गतेभित्रै समितिलाई पूर्णता दिने तयारी भएको जानकारी दिए । समिति गठनका लागि सरकारले राजपत्रमा सूचना प्रकाशितसमेत गरिसकेको छ । आफ्नो कार्यविधि आफै बनाउने अधिकारसमेत समितिलाई दिइएको आचार्यले बताए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed